BIZMANDU
www.bizmandu.com

सरकारी बिदा धेरै भए, सेवा प्रवाह प्रभावित भयो पुनर्विचार आवश्यक : प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ २४

सरकारी बिदा धेरै भए, सेवा प्रवाह प्रभावित भयो पुनर्विचार आवश्यक : प्रधानमन्त्री प्रचण्ड
सरकारी बिदा धेरै भए, सेवा प्रवाह प्रभावित भयो पुनर्विचार आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताए।

Tata
GBIME
Nepal Life

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौं। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ प्रचण्डको भनाइ उदृत गर्दै प्रधानमन्त्रीको प्रेसनोटमा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको प्रचण्डको भनाई थियो।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।