BIZMANDU
www.bizmandu.com

बेष्ट फाइनान्सको सवा ६ लाख अवितरित हकप्रद सेयर बिक्रीमा, बोलकबोलमा आवेदन दिन सकिने

२०७९ माघ २४

बेष्ट फाइनान्सको सवा ६ लाख अवितरित हकप्रद सेयर बिक्रीमा, बोलकबोलमा आवेदन दिन सकिने
बेष्ट फाइनान्सको सवा ६ लाख अवितरित हकप्रद सेयर बिक्रीमा, बोलकबोलमा आवेदन दिन सकिने


काठमाडौं। बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक र सर्वसाधारण गरेर ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर बिक्रीमा आएको छ। फाइनान्सले अवितरित हकप्रद सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।

Tata
GBIME

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

संस्थापकको कुल ५ लाख ५६ हजार ६७४.५७ कित्ता सेयर बोलकबोल हुँदैछ। बाँकी ५८ हजार ४२९.९० कित्ता सर्वसाधारण सेयर हो।

सेयरको न्यूनतम मूल्य फाइनान्सले एक सय रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ता र सर्वसाधरणका न्यूनतम १०० कित्तालाई बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

फाइनान्सले फागुन १ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्ने जनाएको छ। बोलकबोलमा फागुन १४ गतेसम्म आवेदन पेस गरिसक्नु पर्नेछ। बोलपत्र फाराम फाइनान्सको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।