BIZMANDU
www.bizmandu.com

उत्पादन तथा प्रशोधन कम्पनीले लिड गर्दा सेयर बजार अन्त्यमा हरियो, समायोजन भएन आदर्श लघुवित्तको माग

२०७९ माघ २३

उत्पादन तथा प्रशोधन कम्पनीले लिड गर्दा सेयर बजार अन्त्यमा हरियो, समायोजन भएन आदर्श लघुवित्तको माग
उत्पादन तथा प्रशोधन कम्पनीले लिड गर्दा सेयर बजार अन्त्यमा हरियो, समायोजन भएन आदर्श लघुवित्तको माग


काठमाडौं। विगत केही दिनदेखिको राजनीतिक अस्थिरताका कारण अन्योलमा रहेको सेयर बजार निश्चित लयमा हिड्न सकिरहेको छै‌न। आइतबारको प्रदर्शनीलाई दोहोर्‍याउँदै सोमबार पनि बजार अन्त्यमा सामान्य अंकले बढेर बन्द भएको छ।

Tata
GBIME
Nepal Life

लगानीकर्ताको मनोबल कमजोर देखिएको छ। राजनीतिक घटनाक्रम बढ्दा प्रतिक्रिया देखाएका लगानीकर्ता पुन निष्क्रिय बस्न थालेका छन्। 

अब मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अनुरुप बजारले गति लिने टिप्पणी समेत हुन थालेको छ। लगानीकर्ताको अपेक्षा अनुरुप समीक्षा आउनेमा अनुभवीहरु ढुक्क छन्। यद्यपि यथार्तपरक तथ्य कम हुँदा लागनीकर्ता निशंकोच बजारमा प्रवेश गर्न सकिरहेका छैनन्।

संस्थागत लगानीकर्ताको सक्रियता पनि ह्वात्तै घटेको छ। बजारको लय पत्ता लगाउन हरेक पक्ष असफल देखिन्छ। त्यसैले पनि बजार पर्ख र हेरको अवस्थामा छ। कारोबारमा उल्लेख्य गिरावट छ। सोमबार डेढ अर्ब रुपैयाँको सेयर समेत किनबेच हुन सकेन।

तर उत्पादन तथा प्रशोधनका कम्पनी प्रतिको आकर्षणले बजार अन्तिममा ५ अंक बढेको छ। वाणिज्य बैंकका सेयर पनि अधिकतम बढेका छन्। एनआइसी एशिया कारोबारको शीर्ष स्थानमा छ।

यस्तै आदर्श लघुवित्तमा खरिदकर्ताको आकर्षण कायमै देखिन्छ। पछिल्लो ५० करोबारहरुमा लघुवित्तको सेयर निरन्तर बढिरहेको छ। मात्र ६७ हजार कित्ता सर्वसाधारण सेयर बजारमा फ्लोट हुँदा सप्लाइ कसिएको छ। १०/१० कित्ता फैलिनु र पर्याप्त आपूर्ति नहुँदा मागको अनुपात अझै समायोजन हुन सकेको छैन।