BIZMANDU
www.bizmandu.com

आइएमई पेको मन्थ अफ लभ अफर संचालनमा, ५ जनाले सामसङ स्मार्टफोन जित्न सक्ने

२०७९ माघ २३

आइएमई पेको मन्थ अफ लभ अफर संचालनमा, ५ जनाले सामसङ स्मार्टफोन जित्न सक्ने
आइएमई पेको मन्थ अफ लभ अफर संचालनमा, ५ जनाले सामसङ स्मार्टफोन जित्न सक्ने

काठमाडौं। आइएमई पेले मन्थ अफ लभ अफर संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपछि ५ जनाले सामसङ स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर फेब्रुअरी ३ बाट सुरु भएर सो महिनाभर संचालन गरिने बताइएको छ।

अफर अवधि सकिएपछि आइएमई पेको आधिकारिक सामाजिक संजालका पेजहरूमार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।

डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले अफर सञ्चालनमा ल्याएको बताइएको छ।