BIZMANDU
www.bizmandu.com

विद्युत बिक्री आम्दानी घटेपछि सानिमा माईको नाफा खुम्चियो, जगेडामा थपियो एक अर्ब १० करोड

२०७९ माघ २३

विद्युत बिक्री आम्दानी घटेपछि सानिमा माईको नाफा खुम्चियो, जगेडामा थपियो एक अर्ब १० करोड
विद्युत बिक्री आम्दानी घटेपछि सानिमा माईको नाफा खुम्चियो, जगेडामा थपियो एक अर्ब १० करोड

काठमाडौं। विद्युत बिक्री आम्दानीमा कमी आएपछि सानिमा माई हाइड्रोपावरको नाफा प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

हाइड्रोपावरले पुस मसान्तसम्म ३२ करोड ९२ लाख रुपैयाँ कमाएको छ। जुन पोहोर ३७ करोड १४ लाख रुपैयाँ थियो। यो ११.३६ प्रतिशतको गिरावट हो। प्रति सेयर आम्दानी घटेर १०.६६ रुपैयाँमा सिमित छ।

सो अवधिमा विद्युत बिक्री आम्दानी १२.४३ प्रतिशत घटेको छ। पोहोर पुसमा ५७ करोड ६५ लाख रुपैयाँ रहेको आम्दानी अहिले ५० करोड ४९ लाख रुपैयाँ छ।

जसमध्ये माई हाइड्रोपावर प्लान्ट (२२ मेगावाट) ३७ करोड ८५ लाख रुपैयाँ र माई क्यासकेड पलान्ट (७ मेगावाट) ले १२ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेका छन्।

पुस अन्त्यसम्म सञ्चित नाफा ३४ करोड ५७ लाख रुपैयाँ बढेको छ। यस्तै, जगेडा कोष एक अर्ब १० करोड रुपैयाँले वृद्धि भएको छ।

प्रति सेयर नेटवर्थ बढेर १७१.१९ रुपैयाँ पुगेको छ। स्वेत गंगा हाइड्रोको सेयर मूल्य बढेपछि कम्पनीको एकीकृत नाफा एक अर्ब १० करोड रुपैयाँले बढेको हो।

१५.६ मेगावाटको माई हाइड्रोपावर प्रोजेक्टको नेपाल विद्युत प्राधिकरणसँग कुल ५० करोड २८ लाख रुपैयाँको दाबी भुक्तानी बाँकी छ। जसमध्ये प्राधिकरणले विभिन्न मितिमा २१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिसक्यो।

सरकारको ऊर्जा उज्यालो नेपाल समृद्ध नेपाल अभियान अन्तर्गत नेसनल ग्रीडमा जोडिएका आयोजनालाई ५० लाख रुपैयाँ प्रति मेगावाट अनुदान दिने बताइएको छ। सानिमा माई हाइड्रोपावर प्लान्ट र माई क्यासकेड पलान्ट दुवै राष्ट्रिय ग्रीडमा जोडिएपनि तोकिए बमोजिम अनुदान नपाउँदा कम्पनीले आम्दानीको शीर्षकमा यसलाई उल्लेख गरेको छैन।

ब्याजदर बढेका कारण हाइड्रोले बैंकिङ निक्षेप ह्वात्तै बढाएको छ। जस बापत कुल २ करोड २८ लाख रुपैयाँ आम्दनी गरेको हो। पोहोर यस्तो आम्दानी ३९ लाख रुपैयाँ थियो। अन्य स्रोतको आय पनि बढेको देखिन्छ।

बयाजदर बढे पनि पोहोरभन्दा केही कम ब्याज तिरेको छ। पुससम्म ६ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेको हो। हाइड्रोको दायित्व पनि केही घटेको देखिन्छ। आयोजनाको सञ्चालनको लागत बढेको छ। तर प्रशासनिक र अन्य सञ्चालन खर्च घटेका छन्।