BIZMANDU
www.bizmandu.com

महिन्द्राले एसयुभी सेगमेन्टमा ५ नयाँ मोडलका इभी ल्याउँदै, चाँडै अवधारणा सार्वजनिक गर्ने

२०७९ माघ २२

महिन्द्राले एसयुभी सेगमेन्टमा ५ नयाँ  मोडलका इभी ल्याउँदै, चाँडै अवधारणा सार्वजनिक गर्ने
महिन्द्राले एसयुभी सेगमेन्टमा ५ नयाँ मोडलका इभी ल्याउँदै, चाँडै अवधारणा सार्वजनिक गर्ने

काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले आगामी दिनमा एसयुभी ससेगमेन्टमा ५ वटा मोडलका विद्युतीय गाडी ल्याउने भएको छ। कम्पनीले यसका लागि दुईवटा ब्रान्ड नेम रहेको एक्सयुभी डट ई र बीई इलेक्ट्रिक एसयुभीको अवधारणा भारतमा फेब्रुअरी १० मा देखाइने जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार हैदराबादमा फेब्रुअरी ११ मा हुने फर्मुला ई रेस अघि भारतमा इलेक्ट्रिक एसयूभी कन्सेप्टहरू देखाइनेछ।

महिन्द्राले गत अगस्टमा युकेमा आफ्नो भविष्यको सबै एसयूभी सेगमेन्टका इलेक्ट्रिक गाडीको अवधारणालाई ल्याएको थियो। यी आगामी दिनमा आउने इभीहरू युकेमा रहेको महिन्द्राको मेड (महिंद्रा एडभान्स्ड डिजाइन यूरोप) डिजाइन स्टुडियोमा डिजाइन गरिएको थियो।

कम्पनीका अनुसार यसका केही मोडलहरु सन् २०२४ पछि बजारमा बिक्रीमा आउनेछन्।

कार निर्माताले आफ्नो महिन्द्रा रेसिङ फ्याक्ट्री टिमसँग फर्मुला ई ग्रिडमा राष्ट्रिय प्रतिनिधित्व गरिरहेको छ। यो स्थापनादेखि नै फर्मुला ईको एक हिस्साका रुपमा रहेको छ। टिमले एम ९ इलेक्ट्रो रेस कार फिल्ड गर्दैछ जसले मेक्सिकोमा यस सिजनमा पोडियम सुरक्षित गरेको छ।

आगामी दिनमा आउने महिन्द्राको विद्युतीय एसयुभीहरूलाई दुई फरक ब्रान्डमा विभाजित गरिएको छ। यसमा ब्रान्ड नेम एक्सयुभी डट ई र बीई रहेका छन्। एक्सयुभी डट ईमा दुई मोडलहरू छन् भने बीईमा तीन मोडल छन्।

यी सबै मोडलहरु एउटै वर्न इलेक्ट्रिक इंग्लो प्लाटफर्ममा निर्माण गरिदै छ। यो सेगमेन्टका विद्युतीय एसयुभीमा एक्सयुभी डट ई पहिलो उत्पादन हुने कम्पनीले जनाएको छ। यसको उत्पादन २०२४ को डिसेम्बरबाट सुरु गरिने छ। त्यसपछि सन् २०२५ को अक्टोबरदेखि बीई मोडेलहरूको निर्माण सुरु हुनेछन्।

महिन्द्राको एक्सयुभी ​​ब्रान्ड पहिले नै यसको इन्धन इन्जिनको मोडलहरूमा राम्रोसँग परिचित छ। तर कम्पनीले आफ्नो इलेक्ट्रिक समकक्षीको लागि नयाँ पहिचान प्रयोग गर्न खोजिरहेको छ।

इभीको एक्सयुभी सेगमेन्टमा रहेको ट्विन पीक्स लोगोमा हालै लन्च गरिएको एक्सयुभी ४०० मा देखिए जस्तै कपर फिनिस हुनेछ। एक्सयुभी डट ई ८- एक्सयुभी डट ई मोडलमध्ये पहिलो हुनेछ। एक्सयुभी ७०० को विद्युतीय समकक्षी हो।

तर यो एक्सयुभी ७०० सँग अवधारणात्मक रूपमा मात्र मिल्दोजुल्दो छ। यसले एक्सयुभी डट ई ९ लाई पछ्याउनेछ। जुन कुप जस्तो डिजाइन भएको पूर्णतया नयाँ गाडी हुनेछ। यो अप्रिल २०२५ मा उत्पादनमा जानेछ।

यस्तै २०२५ बाट निर्माण सुरु हुने बीई ब्रान्ड नेमको इभीहरु सी- आकारको एलईडी हेडल्याम्प र टेल-ल्याम्पहरुले डिजाइन गरिएका हुनेछन्।

जसमा बीई डट ०५ कुप एसयुभी हो। जसलाई स्पोर्ट्स इलेक्ट्रिक भेहिकलको रूपमा लेबल गरिएको छ। यसको लम्बाइ लगभग ४.३ मिटर छ। यसपछि बीई डट ०७ आउनेछ। जसमा अधिक परम्परागत एसयुभी डिजाइन छ। यसको लम्बाइ लगभग ४.६ मिटर छ। यसमा ड्यासबोर्ड सबै चौडाइमा फैलिएको स्क्रिनसहितको नयाँ प्रविधिले भरिपूर्ण केबिन पनि उपलब्ध छ।

यस्तै अर्को अन्तिम बीई डट ०९ मोडल छ। जुन हेर्दा बीई डट ०७ को कूप संस्करण जस्तो देखिन्छ। यो बीई लाइन-अपको टप मोडल हो। यो ४ सिटर हुने बताएको छ।