BIZMANDU
www.bizmandu.com

समता घरेलुको लाभांश दर खुम्चियो, १५% बोनस सेयरसहित कुल १८ % सेयरधनीलाई

२०७९ माघ २२

समता घरेलुको लाभांश दर खुम्चियो, १५% बोनस सेयरसहित कुल १८ % सेयरधनीलाई
समता घरेलुको लाभांश दर खुम्चियो, १५% बोनस सेयरसहित कुल १८ % सेयरधनीलाई

काठमाडौं। समता घरेलु लघुवित्तको लाभांश दर घटेको छ। पोहोर २५ प्रतिशत लाभांश वितरण गरेको समता घरेलुले गत आवका लागि भने १८ प्रतिशत दिने निर्णय गरेको छ।

Tata
GBIME

सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो। बाँकी कर प्रयोजनका लागि नगद दिँदै छ। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको हो।

हाल लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५ करोड १४ लाख रुपैयाँले बढ्नेछ।

लाभांश राष्ट्र बैंक र कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।