BIZMANDU
www.bizmandu.com

कोर बिजनेस नबढेपनि नेपाल लाइफको नाफामा सुधार, जगेडा साढे ७२% घट्यो

२०७९ माघ २२

कोर बिजनेस नबढेपनि नेपाल लाइफको नाफामा सुधार, जगेडा साढे ७२% घट्यो
कोर बिजनेस नबढेपनि नेपाल लाइफको नाफामा सुधार, जगेडा साढे ७२% घट्यो

काठमाडौं। लगानी र बीमालेख कर्जाबाट आउने आय बढेपछि नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार देखिएको छ। इन्स्योरेन्सको बीमालेख शुल्क आर्जनमा ब्यापक सुधार छैन।

Tata
GBIME
Nepal Life

चालु आवको ६ महिनामा इन्स्योरेन्सले ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोर पुससम्म १३ करोड रुपैयाँमा सिमित थियो। खराब पोलिसीको रकम पनि उठ्दै गएकाले नाफामा उल्लेख्य सुधार देखिएको छ। जोखिमका लागि व्यवस्था गरिएको १५ करोड ३५ लाख रुपैयाँ फिर्ता भएको हो। 

खुद बीमा शुल्क आय १.६० प्रतिशत मात्र बढेको छ। त्यहि लगानी तथा अन्य स्रोतबट आर्जन हुने नाफा १३.१६ प्रतिशत बढ्यो। र बीमालेख धितोको कर्जा दिए बापत हुने आम्दानीमा ३४ प्रतिशतको वृद्धि देखिन्छ।

खर्च नियन्त्रणमा इन्स्योरेन्सको चासो अझै गएको देखिँदैन। एकीकृत आम्दानी पोहोरभन्दा कम छ। इन्स्योरेन्सको दाबी भुक्तानी रकम बढेको छ। तर अभिकर्ताको कमिसन घटेको देखिन्छ। व्यवस्थापन खर्च र कर्मचारीको बोनस पनि ह्वात्तै बढेको हो।

कम्पनीको जगेडा तथा कोष ७२.५७ प्रतिशत घटेको छ। ४८ करोड ४ लाख रुपैयाँ मात्र सञ्चिति बाँकी छ। यो पोहोर एक अर्ब ७५ करोड रुपैयाँ थियो। जीवन बीमा कोष र महाविपत्ति जगेडा दुवै बढेका छन्।

पुस मसान्तमा कम्पनीको प्रति सेयर आम्दानी १०.७३ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११६.०१ रुपैयाँ छ।