BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइ बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याज ११.२५ प्रतिशत

२०७९ माघ २०

ग्लोबल आइएमइ बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याज ११.२५ प्रतिशत
ग्लोबल आइएमइ बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याज ११.२५ प्रतिशत


काठमाडौं। ग्लोबल आइएमइ बैंकले ११.२५ प्रतिशत ब्याज दरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले पाँच वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको हो।

Tata
GBIME
NLIC

बैंकले ऋणपत्रका लागि प्रस्ताव गरेको ब्याज दर अहिले मुद्दतीमा दिइरहेकोभन्दा धेरै हो। यसअघि ऋणपत्र जारी गरेकाहरुले ब्याज दर घटाएका थिए। तर बचतकर्तालाई आकर्षित गर्न बैंकले मुद्दतीमा भन्दा बढी ब्याज दिन लागेको हो।

बैंकले माघ २९ देखि फागुन ३ गतेसम्म ऋणपत्र जारी गर्ने छ। बैंकले कुल ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो।

१००० रुपैयाँ अंकित दरका ऋणपत्रमा कम्तिमा २५  र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ। सर्वसाधारण नेपालीलाई बैंकले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ। यसबहेक बैंकले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ।

बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।