BIZMANDU
www.bizmandu.com

मर्जरको एजेण्डासहित ज्योति विकास बैंकले डाक्यो साधारणसभा, लाभांश पनि अनुमोदन गर्ने

२०७९ माघ २०

मर्जरको एजेण्डासहित ज्योति विकास बैंकले डाक्यो साधारणसभा, लाभांश पनि अनुमोदन गर्ने
मर्जरको एजेण्डासहित ज्योति विकास बैंकले डाक्यो साधारणसभा, लाभांश पनि अनुमोदन गर्ने


काठमाडौं। ज्योति विकास बैंकले बार्षिक साधारणसभा डाकेको छ। बैंकले फागुन १४ गते बार्षिक साधारणसभा गर्ने छ।

Tata
GBIME

बैंकले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशसहित मर्जर एजेण्डालाई पनि साधारणसभामा लैजाँदैछ।

बैंकले गत बर्षको नाफाबाट ३.८ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ति गर्ने एजेण्डा पनि साधारणसभा लैजाँदैछ। यसको प्रकृया थाल्ने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्न साधारणसभासँग अनुमति माग्न खोजेको हो।

मर्जरका लागि आवश्यक पर्ने सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन गर्ने एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।