BIZMANDU
www.bizmandu.com

अडानीले सेयर बजारमा १०० अर्ब डलर गुमाए, अर्बपतिको सूचीमा लगातार तल झर्दै

२०७९ माघ १९

अडानीले सेयर बजारमा १०० अर्ब डलर गुमाए, अर्बपतिको सूचीमा लगातार तल झर्दै
अडानीले सेयर बजारमा १०० अर्ब डलर गुमाए, अर्बपतिको सूचीमा लगातार तल झर्दै

काठमाडौं। हिन्डेनबर्गको नकारात्मक प्रतिवेदनका कारण सेयरको मूल्य लगातार ओरालो लागेपछि अडानी समूहका कम्पनीहरूले एक हप्ताको अन्तरालमा लगभग १०० अर्ब अमेरिकी डलरको स्टक मूल्य गुमाएको छ। 

Tata
GBIME
Nepal Life

अडानी इन्टरप्राइजेजलेले एफपीओ बिक्रीबाट उठाएको २० हजार करोड सेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गर्ने भएको छ। 

समूहको प्रमुख फर्म, अडानी इन्टरप्राइजेजको सेयर बिहान केहि उकालो लगेपनि हाल १० प्रतिशतले तल  झरेको छ। समूहका अन्य कम्पनीहरू, अडानी पोर्ट्स र स्पेशल इकोनोमिक जोन, अडानी टोटल ग्यास, अडानी ग्रीन एनर्जी र अडानी ट्रान्समिसन सबैको सेयर मूल्यमा १०/१० प्रतिशतले गिरावट आएको छ। अडानी पावर र अडानी विलमार भने ५/५ प्रतिशतले घटेको छ ।

योसँगै गौतम अडानी फोर्ब्सको धनाढ्यहरूको सूचीमा १६औं स्थानमा झरिसकेका छन्। (रोयटर्सबाट साभार)