BIZMANDU
www.bizmandu.com

गौतम बुद्ध विमानस्थलबाट ढाका उडान गर्न बंगलादेशका राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

२०७९ माघ १७

गौतम बुद्ध विमानस्थलबाट ढाका उडान गर्न बंगलादेशका राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह
गौतम बुद्ध विमानस्थलबाट ढाका उडान गर्न बंगलादेशका राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह


काठमाडौं। परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबिच मंगलवार सिंहदरबारमा भेटवार्ता भएको छ।

Tata
GBIME
NLIC

सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन्।

सो भेटमा नेपाल र बंगलादेशबिच पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।

सो अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबिचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे।