BIZMANDU
www.bizmandu.com

महिन्द्राको इभी एक्सयुभी पाँच दिनमै १० हजार युनिट बुकिङ, डेलिभरीका लागि ७ महिनासम्म कुर्नुपर्ने

२०७९ माघ १७

महिन्द्राको इभी एक्सयुभी पाँच दिनमै १० हजार युनिट बुकिङ, डेलिभरीका लागि ७ महिनासम्म कुर्नुपर्ने
महिन्द्राको इभी एक्सयुभी पाँच दिनमै १० हजार युनिट बुकिङ, डेलिभरीका लागि ७ महिनासम्म कुर्नुपर्ने


काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले केही दिन अगाडि सार्वजनिक गरेको विद्युतीय गाडी एक्सयुभी ४०० को पाँच दिनमा १० हजार युनिट बुकिङ भएको छ। कम्पनीले यो गाडीको जनवरी २६ तारिखदेखि बुकिङ खुला गरेको थियो।

Tata
GBIME
NLIC

यसैगरी सोचेको भन्दा धेरै बुकिङ आएपछि कम्पनीले गाडी डेलिभरी हुन ७ महिनासम्म लाग्ने जनाएको छ। कम्पनीले अहिलेको जस्तै सप्लाईमा समस्या भइरहेमा गाडी डेलिभरी हुन ७ महिना लाग्न सक्ने जनाएको हो।

कम्पनीले एक्सयुभी ४०० सार्वजनिक गर्ने समयमा वार्षिक रुपमा २० हजार युनिट डेलिभरी  गर्ने योजना बनाएको थियो। तर कम्पनीको उक्त योजना भने बढाउनु पर्ने अवस्थामा कम्पनी पुगेको छ।

यो गाडीले फुल चार्जमा ४५६ किलोमिटर रेन्ज प्रदान गर्छ। अहिले दुई भेरियन्ट ईसी र ईएलमा मात्र यो गाडी उपलब्ध छ। यो गाडी आगामी दिनमा छिटै नेपाल आउने तयारीमा रहेको छ। भारतमा यसको डेलिभरी सुरु भएपछि नेपालमा आउनेछ।

भारतमा यो गाडीको डेलिभरी मार्चबाट मात्र सुरु हुने कम्पनीले जनाएको छ।