BIZMANDU
www.bizmandu.com

मनकामना स्मार्ट लघुवित्तको लाभांश घट्यो, लगानीकर्ताले ४.७५% मात्र बोनस पाउने

२०७९ माघ १७

मनकामना स्मार्ट लघुवित्तको लाभांश घट्यो, लगानीकर्ताले ४.७५% मात्र बोनस पाउने
मनकामना स्मार्ट लघुवित्तको लाभांश घट्यो, लगानीकर्ताले ४.७५% मात्र बोनस पाउने

काठमाडौं। मंगलबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संसस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश दर सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कुल ५ प्रतिशत  लाभांश वितरण गर्ने भएको हो।

जसमा लघुवित्तले चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजारको ४.७५ प्रतिशतले हुन आउने ६७ लाख ३२ हजार बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कर प्रयोजनका लागि लघुवित्तले ०.२५ प्रतिशतले हुन आउने ३ लाख ५४ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

आर्थिक वर्ष २०७७/०७८ मा लघुवित्तले लगानीकर्तालाई कुल १७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिने छ।