BIZMANDU
www.bizmandu.com

प्रचण्डलाई माधव नेपालको पत्र : देशमा गरिखाने वातावरण भएन, आर्थिक संकट समाधान गर्नुस्

२०७९ माघ १७

प्रचण्डलाई माधव नेपालको पत्र : देशमा गरिखाने वातावरण भएन, आर्थिक संकट समाधान गर्नुस्
प्रचण्डलाई माधव नेपालको पत्र : देशमा गरिखाने वातावरण भएन, आर्थिक संकट समाधान गर्नुस्

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको आर्थिक संकट समाधान गर्नेबारे ज्ञापनपत्र बुझाएका छन्। मंगलबार बिहान नेपालसहित पार्टीका नेता झलनाथ खनाल नेतृत्वको टोलीले बालुवाटार पुगेर दाहाललाई देशको अर्थतन्त्र गम्भीर संकट तिर उन्मुख भइरहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले प्रतिपक्षी दलको हैसियतमा संकट समाधानको लागि रणनीतिक सुझाव पेस गरेको नेपालले पत्र बताएका छन्। महँगी बढेको, मुद्रास्फ्रीति १२ प्रतिशत पुगेको, बैंकको चर्को ब्याजका कारण साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको, ठूला व्यवसायीहरु पनि गम्भीर संकटतर्फ उन्मुख भएको लगायतका समस्या नेपालले पत्रमार्फत बताएका छन्।

‘देशमा गरिखाने वातावरण नभएका कारणले युवाहरुको विदेश पलायन तीव्र भइरहेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ।

नेपालले देशमा सुशासनको अभाव भएको समेत उल्लेख गरेका छन्। यस्तै, देशको पुँजी पनि पलायन हुने क्रम बढेको प्रति नेपालले प्रचण्डलाई सचेत गराएका छन्। नेपालले लगानी बोर्डको विधि र प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। उनले बोर्डका नियमहरुले वैदेशिक लगानीलाई निरुत्साहित गरेको बताएका छन्।

‘सरकारी निकायका हेरक काममा ढिलासुस्ती छ। सरकारी कर्मचारीहरुमा आमरुपमा सेवाभावको कमी देखिन्छ,’ नेपालको पत्रमा उल्लेख छ।

नेपालले अर्थतन्त्रमा सुधार ल्याउन २० बुँदे सुझाव पनि दिएका छन्। जसमा संविधानमा उल्लेखित आर्थिक नीति कडाईका साथ लागू गर्नुपर्ने, जनशक्ति पलायन रोक्न प्रभावकारी कदम चाल्नुपर्ने, अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्नुपर्ने सुझावहरु रहेका छन्।

नेपालले बाँच्न गाह्रो भएको उल्लेख गर्दै आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था तत्काल गर्न पत्रमार्फत जोड दिएका छन्।