BIZMANDU
www.bizmandu.com

एशियन हाइड्रोपावरले सर्वासाधारणलाई माघ २७ गतेदेखि आइपीओ बिक्री गर्ने

२०७९ माघ १७

एशियन हाइड्रोपावरले सर्वासाधारणलाई माघ २७ गतेदेखि आइपीओ बिक्री गर्ने
एशियन हाइड्रोपावरले सर्वासाधारणलाई माघ २७ गतेदेखि आइपीओ बिक्री गर्ने


काठमाडौं। एशियन हाइड्रोपावरले सर्वासाधारणलाई माघ २७ गते आइपीओ बिक्री गर्ने जनाएको छ। कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई पनि आइपीओ निष्कासन गर्दैछ।

Tata
GBIME
NLIC

सर्वसाधारणले ६ लाख ९७ हजार २०० कित्ता प्राथमिक सेयरमा आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा गएकालाई कम्पनीले ८४ हजार कित्ता छुट्याएको छ।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत प्राथमिक सेयर जारी गर्दैछ। १०० रुपैयाँ अंकित मूल्यमा यो कुल ८ लाख ४० हजार कित्ता हुन्छ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुको भाग हो।

यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार कित्ता म्युचुअल फण्ड र २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुको हिस्सा हो। बाँकीमा सर्वसाधारणले आवेदन दिने हुन्।

कम्तिमा १० कित्ता सेयरका लागि आवेदन पेस गर्नुपर्नेछ। अधिकतम २० हजार कित्तासम्म पाइन्छ। आइपीओ बिक्री छिटोमा फागुन २ गते बन्द हुनेछ। सो म्यादसम्म पर्याप्त आवेदन नआए फागुन १२ गतेसम्म लम्बिनेछ।