BIZMANDU
www.bizmandu.com

योजना आयोगको सदस्यमा थप ३ जना नियुक्त, सुशील ज्ञवालीसहित को को छनिए?

२०७९ माघ १६

योजना आयोगको सदस्यमा थप ३ जना नियुक्त, सुशील ज्ञवालीसहित को को छनिए?
योजना आयोगको सदस्यमा थप ३ जना नियुक्त, सुशील ज्ञवालीसहित को को छनिए?

काठमाडौं। सरकारले योजना आयोगको सदस्यमा थप तीन जनालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन जनालाई नियुक्ति दिएको हो।

Tata
GBIME

नियुक्त हुनेहरुमा सुशील ज्ञावाली, प्रा. डा. संगीता सिंह र कुशेन्द्रबहादुर महत छन्।

ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत थिए। उनले भूकम्पबाट प्रभावित बस्तीहरुको पुनर्निर्माणको काम गरेका थिए। उनी नेकपा एमाले पार्टीको कोटामा परेका हुन्।

यसअघि सरकारले आयोग उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठ र सदस्यमा डा. रामकुमार फुयाललाई जिम्मेवारी दिइसकेको छ।