BIZMANDU
www.bizmandu.com

सेलिङ प्रेसर बढ्दा सोमबार बजार राताम्मे बन्यो, सेयर बेच्दै उम्किँदै लगानीकर्ता

२०७९ माघ १६

सेलिङ प्रेसर बढ्दा सोमबार बजार राताम्मे बन्यो, सेयर बेच्दै उम्किँदै लगानीकर्ता
सेलिङ प्रेसर बढ्दा सोमबार बजार राताम्मे बन्यो, सेयर बेच्दै उम्किँदै लगानीकर्ता


काठमाडौं। सेयर बजारमा सोमबार दश कारोबार दिन यताकै सबैभन्दा धेरै गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४१.०१(१.८९%) अंकले घटेर २१२७.५२ बिन्दुमा आइपुगेको छ। बजार अन्यौलको दिशामा हिड्न थालेपछि सेयर बिक्री गर्दै उम्किनेहरुको संख्या बढिरहेको हो।

Tata
GBIME

ब्रोकरहरुका अनुसार बजार नबढ्ने संकेत पाएपछि पछिल्लो समय पोजिसन लिएकाहरु बजारबाट उम्किँदा सेलिङ प्रेसर सिर्जना भएको हो।

नेप्से घटेपनि बिक्रेता हावी हुँदा आइतबारको तुलनामा आज कारोबार सामान्य बढेको छ। आज ३ अर्ब ३० करोड बराबरको सेयर किनबेच भएको हो। आइतबार ३ अर्ब १ करोड बराबरको सेयर किनेबच भएको थियो। आज परिसूचक पनि ७.३३ अंकले घटेको छ।

आज सेयर बजारको पुँजीकरणको सर्वाधिक हिस्सा ओगटेको बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी त्यस्तै हाइड्रोपावर लगायत सम्पूर्ण उपसमुह घटेका छन्।

बजार घटेपनि मर्जरको प्रक्रियामा रहेर कारोबार खुलेको दोस्रो दिन लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीमा खरिदकर्ताको आकर्षण बढेकाले मूल्य पनि प्रति कित्ता ४६ रुपैयाँ सम्म बढेको छ।