BIZMANDU
www.bizmandu.com

जगदुल्ला जलविद्युतको पहुँचमार्गमा पर्ने भिर फुटाउन निकालिएको ठेक्कामा दुई कम्पनी सर्टलिस्टेड

२०७९ माघ १६

जगदुल्ला जलविद्युतको पहुँचमार्गमा पर्ने भिर फुटाउन निकालिएको ठेक्कामा दुई कम्पनी सर्टलिस्टेड
जगदुल्ला जलविद्युतको पहुँचमार्गमा पर्ने भिर फुटाउन निकालिएको ठेक्कामा दुई कम्पनी सर्टलिस्टेड


काठमाडौं। जगदुल्ला जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने भिरहरु फुटाउन निकालिएको ठेक्कामा दुई कम्पनी सर्टलिस्टमा परेका छन्।

Tata
GBIME
NLIC

कङग्री/एडी जेभी र शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि प्राविधिक प्रस्तावमा पास भएर सर्टलिस्टेड भएको छ। आयोजनाले मंसिर २० गते ठेक्का निकालेको थियो। उक्त ठेक्कामा आवेदन दिने दुवै कम्पनी प्राविधिक प्रस्तावमा पास भएका हुन्। पुस २१ गते प्राविधिक प्रस्ताव खोलिएको थियो।

सर्टलिस्टमा परेका दुई कम्पनीको माघ २२ गते आर्थिक प्रस्ताव खोलिनेछ। सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाउनेछ। एक वर्षमा काम सक्नुपर्नेछ।

आयोजनासम्म पुग्नका लागि पहुँचमार्ग निर्माणको काम भइरहेको छ। पूर्वाधार विकास कार्यालय डोल्पाले ४५ किमी पहुँचमार्ग निर्माण गरिरहेको हो। करिब ५ किमी ट्रयाक खोल्न बाँकी छ।

‘८.५ किमी खण्डमा ठुला ठुला भिरहरु छन्। ६ वटा जति यस्ता भिर छन्,’ आयोजना प्रमुख संजय सापकोटाले भने,’कर्णाली प्रदेश सरकारको स्वीकृति लिएर हामीले नै भिरहरु फुटाउन लागेका हौं।’

उनका अनुसार ब्रेकर लगाएर फुटाउन नसकिएपछि बिष्फोटक पदार्थ प्रयोग गरेर भिरहरु फुटाउन लागिएको हो। डोल्पाको त्रिवेणीदेखि इल्लासम्म पहुँचमार्ग निर्माणको काम भइरहेको छ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि पूर्व तयारीको काम चलिरहेको छ। यो वर्ष तयारी सकेर आगामी वर्षबाट निर्माणका जाने योजना रहेको छ। २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा पुगेको छ।

यो अर्ध-जलाशययुक्त जलविद्युत आयोजना हो।