BIZMANDU
www.bizmandu.com

ब्याजदर उल्लेख्य बढेपछि नेशनल हाइड्रोपावरको नाफा प्रभावित, खर्च नियन्त्रण गर्न सकेन

२०७९ माघ १६

ब्याजदर उल्लेख्य बढेपछि नेशनल हाइड्रोपावरको नाफा प्रभावित, खर्च नियन्त्रण गर्न सकेन
ब्याजदर उल्लेख्य बढेपछि नेशनल हाइड्रोपावरको नाफा प्रभावित, खर्च नियन्त्रण गर्न सकेन

काठमाडौं। ब्याजदर उल्लेख्य बढेपछि नेशनल हाइड्रोपावरको नाफा प्रभावित भएको छ। कम्पनीले खर्च पनि नियन्त्रण गर्न नसकेको देखिन्छ।

Tata
GBIME
Nepal Life

चालु आवको पुस मसान्तसम्म हाइड्रोले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर सो अवधिमा ८५ लाख ४९ हजार रुपैयाँ कमाएको थियो। यो १३.८९ प्रतिशतको गिरावट हो।

कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि सामान्य गिरावट छ। कम्पनीले पछिल्लो ६ महिनाको अवधिमा विद्युत बिक्री गरे बापत ५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको हो।

तर बैंकको ब्याजदर बढेका कारण हाइड्रोको वित्त खर्च ह्वात्तै बढेको छ। ३२.४२ प्रतिशतले खर्च बढेको हो। अघिल्लो पटक ६१ लाख ३४ हजार रुपैयाँ तरेको हाइड्रोले यसपाली ८१ लाख २३ हजार रुपैयाँ तिरेको हो।

बाँकी प्रशासनिक खर्च पनि उल्लेख्य रुपमा बढेका छन्। कम्पनीले सुनाकोशी हाइड्रोलाई गाभेपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद पनि जारी गर्ने योजनामा छ।

योबिच कम्पनी तल्लो इन्द्रावति आयोजनाको विद्युत बिक्री सम्झौताकव अन्तिम स्वीकृतिको पर्खाइमा रहेको जनाएको छ। आयोजनाको जडित क्षमता ४.५ मेगा वाट छ। कम्पनीले आयोजनामा कुल ७६ करोड ६१ लाख रुपैयाँ लगानी गरिसकेको छ।