काठमाडौं। सिभिल लघुवित्तको लाभांश दर उल्लेख्य घटेको छ। पोहोर २० प्रतिशत लाभांश वितरण गरेको लघुवित्तले गत आर्थिक वर्षका लागि भने ११.५८ प्रतिशत मात्रै प्रस्ताव गरेको हो।
सञ्चालक समितिले ११ प्रतिशत बोनस सेयर दिने निर्णय गेरेको छ। बाँकी करका लागि नगद वितरण गर्दैछ। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको हो।
अहिले लघुवित्तको चुक्ता पुँजी २८ करोड ८१ लाख रुपैयाँ छ। बोनस सेयर वितरण पछि चुक्ता पुँजी ३ करोड १६ लाख रुपैयाँले बढ्नेछ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।