BIZMANDU
www.bizmandu.com

मान्छेका हात-हातमा रहेका नोट घट्दै, दसैंयता ४९ अर्ब ४१ करोड रुपैयाँ घट्यो

२०७९ माघ १३

मान्छेका हात-हातमा रहेका नोट घट्दै, दसैंयता ४९ अर्ब ४१ करोड रुपैयाँ घट्यो
मान्छेका हात-हातमा रहेका नोट घट्दै, दसैंयता ४९ अर्ब ४१ करोड रुपैयाँ घट्यो


काठमाडौं। दसैंताका मान्छेका हात-हातमा पुगेका नोट बिस्तारै वित्तीय संस्थामा फर्किन थालेका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार पुस मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ती नोट फर्किन थालेको जनाएको छ।

Tata
GBIME
Nepal Life

दसैंमा चालु वर्षकै सर्वाधिक ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ मान्छेको हात-हातमा पुगेको थियो। दसैंतिहारजस्ता चाडबाडमा नगद लेनदेन केही बढी हुन्छ। यद्यपि अघिल्लो दसैंभन्दा यो कमै हो। अघिल्लो दसैंमा ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख रुपैयाँ पुगेको थियो।

यसपालीको दसैंयता ४९ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरका नोट प्रणालीमा फर्किएको छ। राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थामा रहेको नोटलाई चलनचल्तीमा रहेको नोटमा गणना गरिन्न। मान्छेका हात-हातमा रहेको, सहकारी संस्था तथा अन्य संघसंस्थासँग रहेको नोटलाई मात्र चलनचल्तीमा रहेको नोटमा गणना गरिन्छ।

पुसमा कुल ६ खर्ब एक करोड १६ लाख रुपैयाँ बराबरका नोट चलनचल्तीमा छन्। यो अघिल्लो महिना अर्थात मंसिरको तुलनामा १६ अर्ब ५३ करोड ८१ लाख रुपैयाँले कम हो।