BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको प्रमुख कार्यकारीमा पुन: अशोक शेरचन, २५ वर्ष लामो बैंकिङ अनुभव

२०७९ माघ १३

प्रभु बैंकको प्रमुख कार्यकारीमा पुन: अशोक शेरचन, २५ वर्ष लामो बैंकिङ अनुभव
प्रभु बैंकको प्रमुख कार्यकारीमा पुन: अशोक शेरचन, २५ वर्ष लामो बैंकिङ अनुभव

काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन तेस्रो कार्याकालका लागि पुन: नियुक्त भएका छन्।

Tata
GBIME

बैंकको सञ्चालक समितिले माघ १५ गतेदेखि लागू हुने गरी उनलाई पुन: प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। उनी चार वर्षका लागि पुन: नियुक्त भएका हुन्।

सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि राष्ट्र बैंकको सहुलियत अनुसार उनी प्रमुख कार्यकारीका लागि दोहोरिएका हुन्। राष्ट्र बैंकले पुस मसान्तसम्म मर्जरमा जाने बैंकलाई दिएको सुविधामध्ये प्रमुख कार्यकारीले अर्को एक कार्यकाल थप्न पाउने सुविधा दिएको छ।

उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म दुई दशकभन्दसा बढी बैंकिङ क्षेत्रको अनुभव छ।

उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायब प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसीसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्मको अनुभव छ।

प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सीइओको जिम्मेवारी शेरचनलाई दिइएको थियो। त्यसपछि उनी निरन्तर बैंकको व्यवस्थापकीय नेतृत्वमा छन्। उनको नेतृत्वमा बैंक सवल र सुदृढ बन्दै गएको छ। उनी बैंकर्स संघको कार्य समिति सदस्य समेत थिए।