BIZMANDU
www.bizmandu.com

रिभ्याम्प नेपालको पाँचौं संस्करणमा आवेदन खुल्यो, स्टार्टअपका ७० बढी प्रडक्ट तथा सेवा प्रदर्शनीमा राखिने

२०७९ माघ १२

रिभ्याम्प नेपालको पाँचौं संस्करणमा आवेदन खुल्यो, स्टार्टअपका ७० बढी प्रडक्ट तथा सेवा प्रदर्शनीमा राखिने
रिभ्याम्प नेपालको पाँचौं संस्करणमा आवेदन खुल्यो, स्टार्टअपका ७० बढी प्रडक्ट तथा सेवा प्रदर्शनीमा राखिने

काठमाडौं। रिभ्याम्प नेपालको पाँचौं संस्करण माघ २८ गते शनिबार ठमेलको छायाँ सेन्टरमा हुने भएको छ। नबिल बैंकको सहयोगमा फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा संयुक्तरूपमा आयोजना हुने उक्त कार्यक्रमका लागि आवेदन फारम खुला गरिएको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा ७० भन्दा बढी विभिन्न प्रडक्ट तथा सेवाहरू प्रदान गर्ने स्टार्टअपहरु साथै प्रमुख व्यापारिक संस्थाहरूको सहभागिता रहने छ। हालसम्म ३० बढी वटा स्टार्टअपहरूले कार्यक्रममा सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजक सुरजराज पाण्डेले बताए।

स्टार्टअपहरूको लागि दर्ता शुल्क ३ हजारदेखि १० हजार रुपैयाँसम्म छ। यद्यपि अवलोकनकर्ताहरूको लागि भने प्रवेश नि:शुल्क गरिएको बताइएको छ।

‘ग्राहकहरूलाई पनि एकै ठाउँबाट ७० बढी प्रोडक्ट तथा सेवाहरुको बारेमा थाहा पाउने तथा छान्ने अवसर हुन्छ। त्यस्तै स्टार्टअपहरूले पनि राम्रो बजार पाउँछन्,’ पाण्डेले भने।

बिहान १०:३० देखि साँझ ६:३० बजेसम्म चल्ने यस कार्यक्रममा उपस्थित स्टार्टअपहरूले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नुका साथै विभिन्न खानाका परिकार, खेलहरुदेखि लाइभ म्युजिक लगायतका कार्यक्रमहरु पनि आयोजना हुने पाण्डे बताउँछन्। आयोजक टोलीले उक्त कार्यक्रममा ५ हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थिति हुने जनाएको छ।

महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानलाई प्रेरित गर्नका लागि सन् २०२१ को सुरूमा रिभ्याम्प नेपालको अवधारणा गरिएको थियो।

रिभ्याम नेपालले सहभागी स्टार्टअपहरूलाई आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न तथा प्रत्यक्ष रुपमा सम्भावित साझेदारहरू तथा ग्राहकहरूसँग अन्तरक्रिया गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गर्नेमा आयोजकहरू विश्वस्त छन् ।