BIZMANDU
www.bizmandu.com

उपत्यकामा आगामी ३० वर्ष धान्ने विद्युत प्रणाली बनाइँदै, तारकेश्वरमा जग्गा अधिग्रहण हुँदै

२०७९ माघ ११

उपत्यकामा आगामी ३० वर्ष धान्ने विद्युत प्रणाली बनाइँदै, तारकेश्वरमा जग्गा अधिग्रहण हुँदै
उपत्यकामा आगामी ३० वर्ष धान्ने विद्युत प्रणाली बनाइँदै, तारकेश्वरमा जग्गा अधिग्रहण हुँदै


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तारकेश्वरमा सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना निकालेर सबस्टेसनको सिमांकनमा  पर्ने जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको जनाएको छ। सूचनामा ३० दिनभित्र सरोकारवाला व्यक्तिहरुलाइ घर, टहरा भए सोको समेत मुआब्जा दाबीसहित रीतपूर्वक निवेदन दिन आग्रह गरिएको छ।

तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेमा पछि कुनै उजुरी नलाग्ने उल्लेख छ। तारकेश्वर-३ तथा ५ (साविक जीतपुरफेदी-५ ‘च’ तथा गोलढुंगा-३ ‘च’) मा २२०/१३२/६६/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको हो।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरुमा थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउन सबस्टेसन निर्माण गर्न लागिएको हो। आकस्मिक हुने विद्युत विच्छेद जस्ता अवरोध न्युनीकरणका लागि ६६ केभी, १३२ केभी,२२० केभीको प्रसारणलाइन निर्माण तथा सबस्टेसनहरु निर्माण गरी उपत्यकाको ३० वर्षसम्म माग धान्ने गरी प्रणाली विकास गर्न लागिएको छ।

सोही योजना अन्तर्गत प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा यो प्रसारणलाइन निर्माण गर्न लागिएको हो।

जीतपुरफेदीका ५४ जना  व्यक्तिको नाममा रहेका विभिन्न प्रकृतिका जग्गा अधिग्रहण गर्न लागिएको छ भने गोलढुंगा सबस्टेसनका लागि गोलढुंगाका ७ जनाको नाममा रहेको जग्गा अधिग्रहण गर्न लागिएको छ। उपत्यकामा आगामी ३० वर्षमा ३४०० मेगावाट माग पुग्ने प्रक्षेपण छ। अहिले अत्यन्त पुरानो प्रणाली रहेका कारण समय समयमा ट्रिपिङको समस्या छ।