BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा बुधबार झिनो गिरावट, कारोबारमा मन्दी, चाँदीको मूल्य भने स्थिर

२०७९ माघ ११

सुनको मूल्यमा बुधबार झिनो गिरावट, कारोबारमा मन्दी, चाँदीको मूल्य भने स्थिर
सुनको मूल्यमा बुधबार झिनो गिरावट, कारोबारमा मन्दी, चाँदीको मूल्य भने स्थिर

काठमाडौं। साताको तेस्रो दिन तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य बुधबार थोरै घटेको छ। एक सय रुपैयाँमा गिरावट आउँदा कारोबार मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

कारोबार मूल्य उच्च हुँदा सुनको किनबेच नै हुन छाडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको कारोबार मूल्य मंगलबार हालसम्मकै उच्च भएको थियो।

मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो। यस अघि तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगे पनि त्यसबाट माथि उक्लिएको थिएन।

बुधबार चाँदीको मूल्य स्थिर छ। मंगलबार १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट छ। मंगलबार प्रतिऔंस १९३५.०७ डलरमा कारोबार भएकोमा घटेर बुधबार १९२८.७७ डलर भएको छ। चाँदी पनि प्रतिऔंस २३.५५ डलरबाट घट्दै बुधबार २३.५३ डलरमा कारोबार भइरहेको छ।