BIZMANDU
www.bizmandu.com

कलाकार हरिबंशले किने बीवाइडीको एटो-३, ‘म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने गाडीमा’

२०७९ माघ ११

कलाकार हरिबंशले किने बीवाइडीको एटो-३, ‘म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने गाडीमा’
कलाकार हरिबंशले किने बीवाइडीको एटो-३, ‘म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने गाडीमा’

काठमाडौं। चर्चित कलाकार हरिबंश आचार्यले विद्युतीय एसयुभी गाडी किनेका छन्। उनले मंगलबार बीवाइडीको एटो-३ मोडल खरिद गरेका हुन्।

Tata
GBIME
Nepal Life

उनले सामाजिक संजालमा ‘आजबाट म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने बीवाइडीको गाडीमा’ भनेर लेखेका छन्।

आचार्य बीवाइडी एटो-३ को ब्राण्ड एम्बेस्डरसमेत हुन्। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आचार्यले विद्युतीय सवारीसाधन छनोट गरेर इभीको विस्तारमा हौसला प्रदान गरेको बताएको छ।

आचार्यलाई मंगलबार नै साइमेक्सले गाडी डेलिभरी दिइएको जनाएको छ। नेपालमा यो गाडीको मूल्य ८९.९० लाख रुपैयाँ कायम गरेर बिक्री सुरु गरिएको थियो।