BIZMANDU
www.bizmandu.com

यूएईको फर्निचर बेच्ने ड्यानुब होमले डिल्ली बजारमा खोल्यो आउटलेट, गुणस्तरीय र सस्तो

२०७९ माघ १०

यूएईको फर्निचर बेच्ने ड्यानुब होमले डिल्ली बजारमा खोल्यो आउटलेट, गुणस्तरीय र सस्तो
यूएईको फर्निचर बेच्ने ड्यानुब होमले डिल्ली बजारमा खोल्यो आउटलेट, गुणस्तरीय र सस्तो


काठमाडौं। ड्यानुब होम नेपालले काठमाडौंको डिल्लीबजारमा दोस्रो शोरुम विस्तार गरेको छ। यो कम्पनीले संयुक्त अरब इमिरेट्स (यूएई)को फर्निचर ब्रान्ड ड्यानुबका उत्पादन बिक्री गर्दै आएको छ।

TATA
GBIME

ड्यानुव होम रियल स्टेट क्षेत्रमा लगानी गर्दै आएको बृहत ग्रुपको भगिनी संस्था हो। कम्पनीले पहिलो शोरुम सुन्धारामा खोलेको छ। शोरुमको उद्घाटन पूर्व मिस नेपाल प्रिति सिटौलाले मंगलबार गरिन्।

बृहत ग्रुपका अध्यक्ष डा. ओम राजभण्डारीले घर निर्माणपछि भित्रको साजसज्जामा नेपालीहरुले धेरै खर्च गर्न थालेको बताउँदै त्यही बजार हेरेर आउटलेट खोलेको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय फर्निसिङका सामान सस्तो मूल्यमा ड्यानुबले उपलब्ध गराएको जिकिर गरे।


Sunrise Bank