BIZMANDU
www.bizmandu.com

गभर्नर अधिकारीले भने-‘नवीन विचार र स्टार्टअपलाई नियामकले सहयोग गर्छ’

२०७९ माघ १०

गभर्नर अधिकारीले भने-‘नवीन विचार र स्टार्टअपलाई नियामकले सहयोग गर्छ’
गभर्नर अधिकारीले भने-‘नवीन विचार र स्टार्टअपलाई नियामकले सहयोग गर्छ’

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले ई-कमर्श र फिनटेक क्षेत्रको प्रवर्द्धनका लागि सकारात्मक भूमिका खेल्न राष्ट्र बैंक तयार रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

भारतीय राजदूतावास तथा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले संयुक्त रूपमा आयोजना गरेको इन्डिया नेपाल स्टार्टअप नेपालमा बोल्दै उनले  सो धारणा राखेका हुन्।

उनले भने, ‘नियामक र सरकारले युवाहरुको नवीन विचारहरु तथा स्टार्टअपहरू लाई समर्थन गर्नुपर्छ। यस कार्यक्रमले लगानीका अवसरहरू उजागर गर्नुका साथै नेपाल भारतका उद्यमीहरूबीच विचार आदानप्रदान गर्ने मञ्च प्रदान गर्नेछ।’

स्टार्टअप इन्डियाका अनुभव कुमार दासले भारतमा सन् २०१६ मा सुरू भएको स्टार्टअप इन्डिया इनिसिएटीभका कार्यक्रम तथा स्किमहरूले विश्व कै तेस्रो स्टार्टअप हब बनेको जानकारी दिए। सरकारले सहजकर्ताको भूमिका नखेली स्टार्टअप इकोसिस्टम विकास सम्भव नहुनेमा उनले जोड दिए।

त्यस्तै, नेपालमा स्टार्टअप नीति २०७८’को मस्यौदा अन्तिम चरणमा रहेको उद्योग मन्त्रालयका सह सचिव बाबुराम गौतमले बताए। कार्यक्रममा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल, टुटलका सीइओ शिक्षित भट्ट, सस्तोडिलका अमुन थापा भारतको पेनियर बाइका आनन्द बजाज लगायतले स्टार्टअपकाा बारेमा धारणा राखेका थिए।