BIZMANDU
www.bizmandu.com

स्पट फिक्सिङका लागि पाँच खेलाडीलाई प्रस्ताव, कफी शपमा भेटदेखि ह्वाट्स एपबाट गरियो अफर

२०७९ माघ १०

स्पट फिक्सिङका लागि पाँच खेलाडीलाई प्रस्ताव, कफी शपमा भेटदेखि ह्वाट्स एपबाट गरियो अफर
स्पट फिक्सिङका लागि पाँच खेलाडीलाई प्रस्ताव, कफी शपमा भेटदेखि ह्वाट्स एपबाट गरियो अफर

काठमाडौं। नेपाल टी-२० लिगमा ‘फिक्सर’हरुले पाँचजना खेलाडीलाई स्पट फिक्सिङका लागि ‘अप्रोच’ गरेको खुलेको छ। केन्द्रीय प्रहरी अनुसन्धान विभाग (सीआइबी)ले पत्रकार सम्मेलनमार्फत ‘फिक्सिङ र्‍याकेट’बारे जानकारी दिएको हो।

Tata
GBIME
Nepal Life

प्रहरीका अनुसार फिक्सरहरुले एकै खेलमा पाँचजना खेलाडीलाई स्पट फिक्सिङका लागि ‘अफर’ गरेको खुलेको छ। जसमा तीनजना नेपाली र दुईजना विदेशी खेलाडी रहेका छन्।

प्रहरीका अनुसार ‘फिक्सर’हरुको अफर तीनजना खेलाडीले अस्वीकार गर्दा दुईजना खेलाडीले भने स्वीकार गरेका थिए। प्रत्येक रन, ओभर र बलमा स्पट फिक्सिङ भएको ब्यूरोको दाबी छ।

सम्बन्धित समाचार : ‘मेहबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाएर स्पट फिक्सिङको प्रयास गरे, दुई खेलमा फिक्सर अनुसार बलिङ गरे आदिलले’

ब्यूरोका एसपी दिनेश आचार्यले खेलाडीहरुलाई कफी शपमा भेटेर देखि ह्वाट्स एपबाट सम्पर्क गरेरसम्म फिक्सरहरुले आर्थिक प्रलोभन दिएका थिए। केहीलाई भने फोन गरेर नै स्पट फिक्सिङको प्रयास भएको देखिएको दाबी आचार्यले गरे।

‘६ देखि १० लाखसम्मको अफर गरेको देखिएको छ। कफी शपदेखि ह्वास्ट एपमार्फत खेलाडीहरुसँग सम्पर्क गरिएको छ,’ आचार्यले भने।   

ब्यूरोले स्पट फिक्सिङमा हालसम्म १० जनाको संलग्नता देखिएको जनाएको छ। आर्चायले हाल दुईजना पक्राउ गरिएको र ८ जनाको खोजी कार्य भइरहेको समेत बताए।