BIZMANDU
www.bizmandu.com

विदेशी होइन नेपाली शैलीको पर्यटन पूर्वाधार बनाउनुपर्छ: पर्यटन मन्त्री किराँती

२०७९ माघ १०

विदेशी होइन नेपाली शैलीको पर्यटन पूर्वाधार बनाउनुपर्छ: पर्यटन मन्त्री किराँती
विदेशी होइन नेपाली शैलीको पर्यटन पूर्वाधार बनाउनुपर्छ: पर्यटन मन्त्री किराँती


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विदेशीभन्दा नेपाली शैली र मूल्यको पर्यटन पूर्वाधार विस्तारमा जोड दिन निर्देशन दिएका छन्। पर्यटन विभागले गरेको ब्रिफिङमा उनले मुलुकमा विस्तार हुँदै आएका होटल, विश्राम कक्ष, पदमार्ग लगायत क्षेत्रमा नेपाली शैलीकै संरचना तयार गर्न  निर्देशन दिए।

Tata
GBIME
NLIC

‘ नेपाली पारा र मूल्यको पर्यटन पूर्वाधारलाई जोड दिन आवश्यक छ। हामीसँग विदेशको जस्तो  पुँजी र प्रविधी छैन त्यसै कारण विदेशी शैलीको पर्यटन पूर्वाधार ल्याउन आवश्यक छैन। सुन्दर प्रकृतिलाई सजाउन आवश्यक छ भत्काउन होइन।’ उनले भने,’ पहाडको ठाउँमा पर्यटकको निम्ति घर बनाउदा नेपाली घर जस्तै देखियोस् भित्र अत्याधुनिक प्रविधि होस्। हामी ढाकर बोक्ने जमानामै रह्यौं। प्रस्तुति पुरानो छ अनि अहिलेको युगले नयाँ प्रविधी खोजिरहेको छ। अब हाम्रो पर्यटनमा प्रविधिलाई जोड दिन आवश्यक छ।’

उनले हिमाल आरोहण र पदयात्राका लागि आएका पर्यटकहरुलाई लक्षित गरी अनलाइनमार्फत गन्तब्यको पहिचान र पर्यटकका लागि जिपीएस ट्राकर प्रयोगमा ल्याउने व्यवस्था सुरु गर्न पनि निर्देशन दिए।

‘पर्यटन क्षेत्र रोजगार, उत्पादनसँग जोडिएको छ। पाँचतारे होटलमा प्रयोग हुने बेसार पनि विदेशी छ। आर्थिक विकासमा पर्यटनको ठूलो योगदान रहन्छ। बिभागले नयाँ कार्यक्रम सोच्न आवश्यक छ।’ उनले भने।