BIZMANDU
www.bizmandu.com

एनसेल र शिक्‍वल फाउन्डेसनको सहकार्यमा सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरण, हाकाथन हुँदै

२०७९ माघ १०

एनसेल र शिक्‍वल फाउन्डेसनको सहकार्यमा सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरण, हाकाथन हुँदै
एनसेल र शिक्‍वल फाउन्डेसनको सहकार्यमा सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरण, हाकाथन हुँदै

काठमाडौं। शिक्‍वल फाउन्डेसनले एनसेलसँगको सहकार्यमा महिला हाकाथन कार्यक्रम गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा त्यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला हाकाथन कार्यक्रम हुन लागेको हो। हाकाथन माघ २७ देखि २९ गतेसम्म आयोजना हुने एनसेलले जनाएको छ।

विविधता, समानता र समावेशिता, इक्विटी एन्ड इन्क्लुसन (डीइआई) प्रति आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको हाकाथनका लागि सहकार्य गरेको बताइएको छ। यसको प्रमुख उद्देश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको एनसेलले जनाएको छ। यो कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन्।

शिक्वल फाउन्डेसनका अनुसार, छनोटमा परेको सहभागी महिलाका समूहहरुले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने एनसेलले जनाएको छ। हाल यो कार्यक्रमको तयारी स्वरुप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भइरहेका छन्।

यस हाकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ। यो कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन्–बाइनरी ह्‍याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटफर्म प्रदान गरेको बताइएको छ।

यस हाकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरुले तीन जनाको समूह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरि एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्ने बताइएको छ। दर्ता भएका समूहहरु मध्येबाट छानिएका समूहरुको लिस्ट माघ २० घोषणा गर्ने तयारी छ।

कार्यक्रम पूर्व तयारी स्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रिजेन्टेसन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरुको आयोजना भइरहेका छन्।

शिक्वल फाउन्डेसनका अनुसार, यस प्रकारका महिला लक्षित पहलहरूले नेपालमा आइटी सम्बन्धित उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउँछ। यसले महिलाहरुको व्यक्तिगत र उनीहरूका परिवारलाई मात्र नभइ समाज र अर्थतन्त्रलाई पनि फाइदा पुर्‍याउन मद्दत गर्ने बताइएको छ।