BIZMANDU
www.bizmandu.com

होटल रोयल सिंगी २६ वर्षमा प्रवेश, फेब्रुअरीभर खाना र पेय पदार्थमा २५ प्रतिशत छुट

२०७९ माघ ९

होटल रोयल सिंगी २६ वर्षमा प्रवेश, फेब्रुअरीभर खाना र पेय पदार्थमा २५ प्रतिशत छुट
होटल रोयल सिंगी २६ वर्षमा प्रवेश, फेब्रुअरीभर खाना र पेय पदार्थमा २५ प्रतिशत छुट


काठामडौं। कमलादीस्थित होटल रोयल सिंगी होटल २६ वर्षमा प्रवेश गरेको छ। औपचारिक कार्यक्रममार्फत होटलले आफ्नो वार्षिकोत्सवको अवसरमा आउँदो फेब्रुअरी महिनाभरी पाहुना लक्षित आकर्षक योजना  सार्वजनिक गरेको छ।

TATA
GBIME

होटलले अधिकतम आठ जनाका लागि आलाकार्ट डिनर अन्तर्गत फुड बेभरेजमा २५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।   

‘२५औं वार्षिकोत्सवको अवसरमा हामी हाम्रा ग्राहक, साझेदार, कर्मचारी, वित्तीय क्षेत्र लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। यो कोशेढुंगा सावित गर्न उहाँहरुको ठूलो योगदान रहेको छ। अब हामी अझै २५ वर्ष परको व्यावसायिक योजनामा केन्द्रित रही अगाडी बढ्नेछौँ।’ होटलले बिज्ञप्ती जारी गर्दै भनेको छ।

छुट अवधिमा होटलले विहान ११ बजेदेखि साँझ ७:०० बजेसम्म आफ्नो प्रोन्टो क्याफेमा दुई सय ५० रुपैयाँमै चिया, कफी, केकको सेवा लिन सक्ने जनाएको छ। यसैगरी यो वार्षिकोत्सव लगत्तै वेडिङ रिसेप्सनका लागि बुकिङ गर्ने पहिलो २५ जना ग्राहकले २५ सय रुपैयाँ प्रति प्लेटमै बैंक्वेट सेवा लिन सक्ने जनाइएको छ।

२५ वर्ष पुगेर जन्मदिन मनाउने पाहुनाका लागि होटलले खानपिनमा २५ प्रतिशत छुट पनि होटलले दिने छ। यसैगरी २५ सय रुपैयाँमै एक रात दुई दिनको प्याकेज पनि लिन सक्ने जनाएको छ।


Sunrise Bank