BIZMANDU
www.bizmandu.com

नेशनल माइक्रोफाइनान्सलाई नेप्सेको कारबाही, सेयर कारोबार सस्पेन्ड !

२०७९ माघ ९

नेशनल माइक्रोफाइनान्सलाई नेप्सेको कारबाही, सेयर कारोबार सस्पेन्ड !
नेशनल माइक्रोफाइनान्सलाई नेप्सेको कारबाही, सेयर कारोबार सस्पेन्ड !


काठमाडौं। सेयर मूल्यमा प्रभाव पार्ने गतिविधि गरेकोमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारबाही गरेको छ। सेयर कारोबार  रोक्का गरिदिएको हो।

TATA
GBIME

धादिङबेंसी केन्द्रिय कार्यालय रहेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश सम्बन्धी घोषणा गरेको पत्र नेप्सेमा पठाएको थियो।

सोमबार बसेको बैठक लगत्तै उक्त निर्णयको पत्र कारोबार समयमा उपलब्ध गराएकाले धितोपत्र सूचीकरण विनियमावली अनुसार कारोबार रोक्का गरिएको नेप्सेले जनाएको हो।

सूचीकृत संगठित संस्थाले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम २२(१) मा भएको व्यवस्था अनुसार मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ।

तसर्थ उक्त विनियमावलीको विनियम १६(१)(ख) मा भएको व्यवस्था अनुसार कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

सो सँगै पत्र प्राप्त भएको तीन कार्यदिन भित्र के कारणले समयमा नै जानकारी नदिएको हो, उक्त कुरा खुलाउन नेप्सेले कम्पनीसँग स्पष्टीकरण समेत माग गरेको छ।


Sunrise Bank