BIZMANDU
www.bizmandu.com

पोखरा जहाज दुर्घटनाः स्थलगत जाँच सकियो, ब्ल्याक बक्स परीक्षणका लागि विदेश पठाउने तयारी

२०७९ माघ ९

पोखरा जहाज दुर्घटनाः स्थलगत जाँच सकियो, ब्ल्याक बक्स परीक्षणका लागि विदेश पठाउने तयारी
पोखरा जहाज दुर्घटनाः स्थलगत जाँच सकियो, ब्ल्याक बक्स परीक्षणका लागि विदेश पठाउने तयारी


काठमाडौं। पोखरामा गत साता भएको यती एयरको एटीआर-७२ विमान दुर्घटनाको कारण पत्ता लगाउन गठित आयोगले ब्ल्याक बक्स अनुसन्धानका लागि विदेश पठाउने भएको छ।

TATA
GBIME

ब्ल्याकबक्समा भएको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्ड विदेश पठाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च तहका एक कर्मचारीले बताए।

‘आयोगले स्थलगत अध्ययन सकिसकेको छ। विवरण संकलन जारी छ। जहाजमा भएको सीभीआर र एफडीआर अनुसन्धानका लागि विदेश पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘आउँदो साताभित्रै पठाइने छ।’

माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो। जहाज सेती खोंचमा खसेको थियो। घटनाको कारण पत्ता लगाउनका लागि सरकारले जाँच आयोग गठन गरेको छ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित आयोगमा हवाई विज्ञद्वय पूर्वउपरथी दीपकप्रकाश बास्तोला र पूर्व क्याप्टेन सुनिल प्रधान र हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा सदस्य छन्।

आयोगको सदस्यसचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।


Sunrise Bank