BIZMANDU
www.bizmandu.com

रिटेल पेमेन्ट स्वीचबाट पुससम्म १८ सय अर्बको भुक्तानी फर्छ्यौट, गत वर्षभन्दा ३१% वृद्धि

२०७९ माघ ९

रिटेल पेमेन्ट स्वीचबाट पुससम्म १८ सय अर्बको भुक्तानी फर्छ्यौट, गत वर्षभन्दा ३१% वृद्धि
रिटेल पेमेन्ट स्वीचबाट पुससम्म १८ सय अर्बको भुक्तानी फर्छ्यौट, गत वर्षभन्दा ३१% वृद्धि

काठमाडौं। नेसनल पेमेन्ट स्वीचअन्तर्गतको रिटेल पेमेन्ट स्वीच (आरपीएस) मार्फत चालु आर्थिक वर्षको पुस मसान्तसम्म १८ सय अर्ब रुपैयाँ बराबरको भुक्तानी फर्छ्यौट भएको छ।

Tata
GBIME
Nepal Life

उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले वृद्धि भएको नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ। त्यसैगरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५% ले वृद्धि भएको बताइएको छ।

रिटेल पेमेन्ट स्वीचबाट हाल दैनिक औसत १३.३० अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ। जसअन्तर्गत ६०% बराबरको कारोबार नेसनल पेमेन्ट इन्टरफेस (एनपीआइ) मार्फत हुने गरेको छ।

नेसनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएसमार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणबीच अन्तरआबद्धता कायम गरिएको छ।

आरपीएसअन्तर्गत रकम ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ, वालेट, कनेक्टआइपीएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआइमार्फत उपलब्ध रहेको एनसीएचएलले जनाएको छ।

आरपीएसमा हाल ५५ बैंक तथा वित्तीय संस्था सदस्यका रुपमा आबद्ध छन्। भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाख रुपैयाँसम्मको भुक्तानी तथा सोही बैंक तथा वित्तीय संस्थाको हकमा १ करोड रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ।

आरपीएसअन्तर्गत रहेका कनेक्टआइपीएसको वेबमार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले कनेक्टआइपीएसमा आफ्ना एक वा सोभन्दा बढी बैंक खाताहरु लिंक गरी एकै प्लाटफर्ममार्फत भुक्तानी गर्न सकिने बताइएको छ।