BIZMANDU
www.bizmandu.com

अमेजनको कार्गो कारोबार दक्षिण एसियामा विस्तार, भारतबाट पनि कार्गो उडान थाल्दै

२०७९ माघ ८

अमेजनको कार्गो कारोबार दक्षिण एसियामा विस्तार, भारतबाट पनि कार्गो उडान थाल्दै
अमेजनको कार्गो कारोबार दक्षिण एसियामा विस्तार, भारतबाट पनि कार्गो उडान थाल्दै

काठमाडौं। अन्तर्राष्ट्रिय जायन्ट कार्गो कम्पनी अमेजनले भारतमा आफ्नो कार्गो उडान विस्तार गर्ने भएको छ। अमेरिका र बेलायतमा कार्गो उडान गर्दै आएको कम्पनीले यही महिनाबाटै दक्षिण एसियामा पनि उक्त व्यवसाय विस्तार गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले प्राइम एयरमार्फत कार्गोको व्यवसाय सुरु गर्ने भएको छ। यो उडान सुरु भएसँगै अमेजनका लागि अमेरिका र युरोपछि भारत नै पहिलो बाह्य बजार रहने जनाइएको छ। यसका लागि प्राइम एयरले क्विक जेटमार्फत बैंगलोर बेस रहेर सेवा दिने योजना छ।

सन् २००७ मा स्थापना भएको क्विक जेटले सुरुमा दुईवटा बोइङ ७३७-८००(बीसीएफ) सीरीज जहाजमार्फत उडान सेवा दिने जनाइएको छ। सन् २०२३ को अन्त्यसम्म कम्पनीले जहाज संख्या विस्तार गर्ने योजना छ। कम्पनीले हाल प्रयोग गर्दै आएको बोइङ ७३७-८०० बीसी सीरीजको जहाज विश्वभर १०२ वटा सञ्चालित छन्।

६ वर्षअघि कार्गो उडानको सेवा सुरु गरेको अमेजनले हाल १ सय १० वटा जहामार्फत यो कारोबार गर्दै आएको छ। कम्पनीले पाँचवटा एटीआर, ३० वटा बोइङ-७३७ एस, ५६ वटा बोइङ-७६७ एस लगायतका जहाज प्रयोग गर्दै आएको छ।

गत अक्टोबरमा अमेजन ग्लोबल एयरका उपाध्यक्ष सारा रोआड्सले  निकट भविष्यमा १० वटा एयरबस ३३०-३०० एस सीरीजको जहाज विस्तार गर्ने घोषणा गरेकी थिइन्। सन् २०२३ भित्र यी जहाजमार्फत यात्रुवाहक र कार्गो उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ।