BIZMANDU
www.bizmandu.com

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्दै, साढे १७ लाख कित्ता जारी गरिने

२०७९ माघ ६

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्दै, साढे १७ लाख कित्ता जारी गरिने
सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्दै, साढे १७ लाख कित्ता जारी गरिने

काठमाडौं। सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ। कम्पनीले आगामी सोमबार (माघ ९ गते) देखि आइपीओका लागि दर्खास्त खुला गर्ने भएको छ।

Tata
GBIME

प्रति कित्ता १०० रुपैयाँ दरको १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।

जारी पुँजी २ अर्ब १० करोड रहेको कम्पनीले त्यसको कुल १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने निर्णय गरेको थियो।

जसमध्ये कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र कास्कीका बासिन्दालाई जारी पुँजीको ५ प्रतिशत अर्थात १० लाख ५० हजार कित्ता बिक्री गरिसकेको छ।

बाँकी रहेको २१ लाख कित्तामध्ये कम्पनीले १० प्रतिशत बराबरको २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरिसकेको छ। साथै २ प्रतिशत अर्थात ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित राखेको छ।

सामूहिक लगानी कोषहरुका लागि पनि त्यसको ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता बिक्री गरी बाँडफाँटसमेत गरिसकेको छ। अब बाँकी १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधरणमा निष्कासन गरिने भएको हो।

उक्त सेयर खरिदका लागि सर्वसाधरणले आगामी सोमबारदेखि चार दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ।