BIZMANDU
www.bizmandu.com

सुनको मूल्य लगातार उच्च, तोलाकै १ लाख ५ हजारमाथि पुग्यो, चाँदी पनि महंगो

२०७९ माघ ६

सुनको मूल्य लगातार उच्च, तोलाकै १ लाख ५ हजारमाथि पुग्यो, चाँदी पनि महंगो
सुनको मूल्य लगातार उच्च, तोलाकै १ लाख ५ हजारमाथि पुग्यो, चाँदी पनि महंगो


काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य पुनः बढेको छ। तोलामा ७ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। पुस लागेदेखि नै तोलाको एक लाखभन्दा उकालो लागेको सुनको मूल्य घटेको छैन।

चाँदी पनि बढेको छ। अघिल्लो दिनका तुलनामा २० रुपैयाँ बढ्दा शुक्रबार कारोबार मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा बिहीबार २० रुपैयाँले घट्दा प्रतितोला १ हजार ३ सय ५५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य फेरि उकालो लाग्न थालेको छ। बिहीबार प्रतिऔंस १९०९.१६ डलरमा कारोबार भएको सुन शुक्रबार १९२४.४३ डलर पुगेको छ। चाँदी प्रतिऔंस २३.८ डलर छ। अघिल्लो दिन २३.४१ डलरमा कारोबार भएको थियो।