BIZMANDU
www.bizmandu.com

६ महिनामा १४५ उद्योग दर्ता, १ खर्ब ३९ अर्ब लगानी प्रस्ताव, झण्डै १० हजार रोजगारी

२०७९ माघ ६

६ महिनामा १४५ उद्योग दर्ता, १ खर्ब ३९ अर्ब लगानी प्रस्ताव, झण्डै १० हजार रोजगारी
६ महिनामा १४५ उद्योग दर्ता, १ खर्ब ३९ अर्ब लगानी प्रस्ताव, झण्डै १० हजार रोजगारी


काठमाडौं। चालु वर्षको ६ महिनामा १ सय ४५ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागमा पुससम्म ३९ ठूला उद्योग सहित १ सय ४५ उद्योग दर्ता भएको हो।

Tata
GBIME
Nepal Life

यी उद्योगबाट कुल १ खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता आएको छ। दर्ता उद्योगमध्ये ४१ वटा मध्यमस्तर र ६५ वटा साना उद्योग रहेका छन्। यी उद्योगबाट ९ हजार ८१६ जनाले रोजगारी पाउने उल्लेख छ।

गत आव २०७८/७९ मा १ सय ५५ वटा उद्योग दर्ता भएका थिए। यी उद्योगबाट १ खर्ब ९० अर्ब लगानी प्रतिबद्धता आएको छ। यो वर्ष गत वर्ष भन्दा ५१ अर्बले लगानी प्रस्ताव कम हो।

हालसम्म विभागमा ५५ सय ७ वटा उद्योग दर्ता भएको छ। यी उद्योगबाट २७ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको छ।