BIZMANDU
www.bizmandu.com

आत्मनिर्भर लघुवित्तले फागुन ११ गतेबाट सर्वसाधारणलाई सेयर बिक्री गर्ने

२०७९ माघ ६

आत्मनिर्भर लघुवित्तले फागुन ११ गतेबाट सर्वसाधारणलाई सेयर बिक्री गर्ने
आत्मनिर्भर लघुवित्तले फागुन ११ गतेबाट सर्वसाधारणलाई सेयर बिक्री गर्ने


काठमाडौं। आत्मनिर्भर लघुवित्तले फागुन ११ गतेबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आइपीओ) बिक्रि खुलाउने भएको छ।सर्वसाधरणले एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। 

GBIME
Tata

लघुवित्तले वैदेशिक रोजगारीमा गएकालाई पनि समेटेर सार्वजिनक निष्कासन गर्दैछ। वैदेशिक रोजगारीमा गएकाले माघ १६ बाटै आवेदन दिन पाउनेछन्।

२० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा गएकालाई छुट्याएको छ। लघुवित्तले कुल २ लाख ३ हजार ३८० कित्ता सेयर जारी गर्दैछ। 

वैदेशिक रोजगारीमा गएकाहरुले फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणले आवेदन दिने अन्तिम मिति फागुन १५ गते हो। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन मिल्छ।

लघुवित्तका कर्मचारीले ३ हजार ११७ कित्ता पाउनेछन्। त्यस्तै म्युचुअल फण्डहरुलाई १० हजार १७० कित्ता छुट्याएको छ।