BIZMANDU
www.bizmandu.com

श्रममन्त्रीबारे रविले भने : म्यानपावरमा भए दर्ता होला, देखाउनुस् कारबाही गर्छु

२०७९ माघ ५

श्रममन्त्रीबारे रविले भने : म्यानपावरमा भए दर्ता होला, देखाउनुस् कारबाही गर्छु
श्रममन्त्रीबारे रविले भने : म्यानपावरमा भए दर्ता होला, देखाउनुस् कारबाही गर्छु


काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल म्यानपावर व्यवसायी भएको प्रमाणित गर्न चुनौती दिएका छन्।

Tata
GBIME
NLIC

मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा रेमिटेन्स व्यापारी अर्याल मन्त्री नियुक्त भएका थिए। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन्।

आफ्नै पार्टीबाट मन्त्री बनेका व्यक्ति माथि प्रश्न उठेपछि पार्टी सभापति समेत लामिछानेले भने, ‘म्यानपावरमा भए कहीँ न कहीँ रिजस्टर हुन्छ होला। देखाउनुस् म कारबाही गर्छु।’

मंगलबार शपथग्रहण भएको बेलासम्म अर्यालको नाम इजी लिंक रेमिटेन्सको सीइओ भनेर वेबसाइटमा उल्लेख थियो। हाल भने उनको नाम वेबसाइटबाट हटाइएको छ।

यस्तै, सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेस प्रालिको वेबसाइटमा उनी इन्टरनेसनल मार्केटिङ डाइरेक्टरका रुपमा उल्लेख थिए। अहिले भने सो वेबसाइटबाट पनि रहेको उनको नाम हटाइएको छ।