BIZMANDU
www.bizmandu.com

कर्पोरेट पेबाट पुससम्म २०२ अर्बभन्दा बढीको कारोबार, वर्ष दिनमै कारोबार संख्या दुई गुणाले वृद्धि

२०७९ माघ ५

कर्पोरेट पेबाट पुससम्म २०२ अर्बभन्दा बढीको कारोबार, वर्ष दिनमै कारोबार संख्या दुई गुणाले वृद्धि
कर्पोरेट पेबाट पुससम्म २०२ अर्बभन्दा बढीको कारोबार, वर्ष दिनमै कारोबार संख्या दुई गुणाले वृद्धि


काठमाडौं। कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ। जसलाई कम्पनीले महत्वपूर्ण कोषेढुंगा पार भएको उल्लेख गरेको छ। गत आवमा कर्पोरेट पेमार्फत कुल १०९.५ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो।

Tata
GBIME
NLIC

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको कम्पनीले जनाएको छ।

हाल ४४ बैंक वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा ६१ सय भन्दा बढी व्यवसायिक ग्राहकहरु आबद्ध भएर कारोबार गर्दै आएका छन्। यस प्रणालीमार्फत रकम ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर भुक्तानी, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ।

यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध छन्।

साथै यस प्रणालीको एउटै प्लाटफर्ममा एक भन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म गर्न सकिन्छ।