BIZMANDU
www.bizmandu.com

संसदमा सीके राउतको प्रश्न : थोत्रा विमान सञ्चालकलाई पक्रेर कारबाही गर्न केले रोकेको हो?

२०७९ माघ ५

संसदमा सीके राउतको प्रश्न : थोत्रा विमान सञ्चालकलाई पक्रेर कारबाही गर्न केले रोकेको हो?
संसदमा सीके राउतको प्रश्न : थोत्रा विमान सञ्चालकलाई पक्रेर कारबाही गर्न केले रोकेको हो?

काठमाडौं। नेपाल जनमत पार्टीका अध्यक्ष सीके राउतले पोखरामा भएको यती एअरको विमान दुर्घटनाबारे सदनमा प्रश्न उठाएका छन्।

Tata
GBIME
Nepal Life

मोटरसाइकल दुर्घटनामा मोटरसाइकल धनीलाई कारबाही हुने उल्लेख गर्दै राउतले थोत्रा विमान सञ्चालकलाई पनि कारबाही हुनुपर्ने बताएका हुन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई माथि प्रश्न गर्दै यसमा ध्यान दिनसमेत आग्रह गरे।

‘आज पनि मोटरसाइकलले ठोक्किएर मृत्यु भयो भने प्रहरीले के गर्छ? पहिले धनीलाई खोजेर कारबाही गर्छ,’ राउतले भने, ‘थोत्रा प्लेनलाई ल्याएर चलाउने सञ्चालक र टोलीलाई प्रहरीले पक्रेर कारबाही गर्न के विधिले रोकेको छ?’