BIZMANDU
www.bizmandu.com

संसदमा उड्डयनमन्त्री सुदन किराँतीले भने- हवाई सुरक्षाप्रति सरकार गम्भीर छ

२०७९ माघ ५

संसदमा उड्डयनमन्त्री सुदन किराँतीले भने- हवाई सुरक्षाप्रति सरकार गम्भीर छ
sf7df8f}F, % df3M k|ltlglw;ef a}7sdf dGqL ls/fFtL ;+:s[lt, ko{6g tyf gful/s p•oofdGqL ;'bg ls/fFtL k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf kf]v/fdf oxL df3 ! ut] ePsf] ljdfg b'3{6gfaf/] ;bgnfO{ hfgsf/L u/fpg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराएका छन्।

Tata
GBIME
Nepal Life

प्रतिनिधिसभाको आजको बैठकमा उनले पोखरा विमानस्थल नजिकै बिहान १०:५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोंचमा खसेको र विमानमा चालक दलसहित ७२ जना सवार रहेको बैठकलाई जानकारी दिए।  

हालसम्म ७१ यात्रुको शव फेला परेको र उनीहरुको पोखरा र काठमाडौंमा रहेका अस्पतालमा शव परीक्षण गरी आफन्तलाई हन्तान्तरण गर्ने कार्य भइरहेको पनि मन्त्री किराँतीले जानकारी दिए।

 उनले विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेतको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको जानकारी दिए।

दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ अनुसार दुर्घटना जाँच आयोग गठन गरेकमा आयोगले कार्यसञ्चालन गरिसकेको मन्त्री किराँतीले सदनलाई जानकारी दिए।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो।

दुर्घटना हुन नदिन सरकारले सोही दिनदेखि आन्तरिक उडान भर्ने जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ।

‘आगामी दिनमा यस्ता घटना दोहरिन नदिन प्राधिकरणलगायत निकायलाई निर्देशन दिइएको छ’, मन्त्री किराँतीले भने, ‘हवाई सेवालाई विश्वासनीय तुल्याउन र हवाई सुरक्षाप्रति सरकार गम्भीर छ।’