BIZMANDU
www.bizmandu.com

वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम, ४३० जनाले रक्तदान गरे  

२०७९ माघ ४

वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम, ४३० जनाले रक्तदान गरे  
वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम, ४३० जनाले रक्तदान गरे  


TATA
GBIME

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यालयहरुमा भएको उक्त रक्तदान कार्यक्रममा चारसय ३० जनाबाट रगत संकलन गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा भएको रक्तदानमा एकसय ४२ जनाले रक्तदान गरेका छन् भने बिराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयमा ६१ जनाले रक्तदान गरे।

यस्तै वीरगंज मधेस प्रादेशिक कार्यालयमा भएको रक्तदानमा ४१ जना, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालयमा भएको रक्तदानमा ७० जनाले रक्तदान गरेको बैंकले जानकारी दिएको छ।

यसैगरी नेपालगंजस्थित लुम्बिनी प्रादेशिक कार्यालयमा भएको रक्तदान कार्यक्रममा ४२ जना तथा सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालयमा भएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए।

धनगढीस्थित सुदूर पश्चिम प्रादेशिक कार्यालयमा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको बैंकले जानकारी दिएको छ।

आगामी माघ १० गते ५७ वर्ष पूरा गरी ५८ वर्षमा प्रवेश गर्न लागेको बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ।

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित दुईसय ६५ वटा शाखा कार्यालय,  ४६ वटा एक्सटेन्सन काउन्टर, दुईसय ६८ वटा एटिएम र एकसय २ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिइरहेको जनाएको छ।


Sunrise Bank