BIZMANDU
www.bizmandu.com

सीआरआर र सीडी रेसियो कायम नगर्ने १० विकास बैंक तथा फाइनान्सलाई राष्ट्र बैंकको जरिवाना

२०७९ माघ ४

सीआरआर र सीडी रेसियो कायम नगर्ने १० विकास बैंक तथा फाइनान्सलाई राष्ट्र बैंकको जरिवाना
सीआरआर र सीडी रेसियो कायम नगर्ने १० विकास बैंक तथा फाइनान्सलाई राष्ट्र बैंकको जरिवाना


काठमाडौं। नेपाल राष्ट्र बैंकले अनुपालनमा कमजोर विकास बैंक तथा वित्त संस्थाहरुलाई जरिवाना तिराएको छ। 

Tata
GBIME
NLIC

राष्ट्र बैंकले तोके बमोजिम अनिवार्य नगद मौज्दात (सीआरआर), विपन्न कर्जा परिचालन र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसकेका विकास बैंक तथा वित्त संस्थाहरुलाई कारवाही गरेको हो। 

राष्ट्र बैंकले पहिलो त्रैमासमा सीआरआर कायम नगरेको कर्णाली डेभलपमेन्ट र सालपा विकास बैंकलाई जरिवाना तिराएको छ। कर्णालीले तीन महिनाको अवधि मै दुई पटक सीआरआर कायम गर्न चुकेको हो। बैंकले विपन्न कर्जा पनि तोके बमोजिम परिचालन गर्न सकेको छैन।

सीडी रेसियो कायम गर्न चुकेको कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक पनि जरिवानामा परेका छन्। बैंकहरुले साउन र भदौ गरेर दुई पटक तोके बमोजिम सीडी रेसियो कायम गर्न नसकेका हुन्।

सीडी रेसियो कायम गर्न नसक्दा तीनवटा फाइनान्स कम्पनीलाई पनि कारवाहीमा परेका छन्। नेपाल फाइनान्स र जानकी फाइनान्स साउन र भदौ दुवै महिना चुकेका हुन्। समस्याग्रस्तबाट हटेर व्यवसाय गरिरहेका संस्थामा राष्ट्र बैंकको गलत नीतिको कारणले पनि जरिवानाको मारमा परेका छन्।

‘हाम्रो ७४ प्रतिशत तरलता अनुपात छ। भर्खर समस्याग्रस्तबाट बाहिरिएकाले मात्र सीडी रेसियो बढि भएको हो’ नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धबराज थपलियाले भने। जबकी अहिले २२ प्रतिशतभन्दा बढि तरलता अनुपात हुने संस्थालाई सीडी रेसियो नाघेमा जरिवाना नलाग्ने राष्ट्र बैंकले निर्देशन जारी गरिसकेको छ।

समृद्धि फाइनान्सले भदौमा कायम गर्न सकेको थिएन। प्रोग्रेसिभ फाइनान्सले भने सीआरआर कायम गर्न नसक्दा जरिवानामा परेको हो।