BIZMANDU
www.bizmandu.com

कालिका नगरपालिकाले ढुंगा गिटी बालुवाको अवैध भण्डारण खोज्न थाल्यो, ३ सय टिपर सामग्री जफत

२०७९ माघ ४

कालिका नगरपालिकाले ढुंगा गिटी बालुवाको अवैध भण्डारण खोज्न थाल्यो, ३ सय टिपर सामग्री जफत
कालिका नगरपालिकाले ढुंगा गिटी बालुवाको अवैध भण्डारण खोज्न थाल्यो, ३ सय टिपर सामग्री जफत


चितवन। कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ जफत सुरु गरेको छ। नगरपालिकाले बुधबारसम्म तीन सय टिपर नदीजन्य पदार्थ जफत गरेको हो।

Tata
GBIME

नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुंगा, गिटी, बालुवा उठाएर वडा नम्बर ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ। दैनिक रुपमा टिपर र जेसीबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो।

उनका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ संकलन थालिएको हो।

उनले भने, ‘नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौं।’

अझै दुई सय टिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ। सबै सामग्री संकलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ।त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उनले बताए। (रासस)