BIZMANDU
www.bizmandu.com

किर्गिस्तानीले विदेशी मुद्रा झिक्‍न नपाउने, विदेशीलाई पनि बैंकबाट जथाभावी पैसा झिक्‍न कडाइ      

२०७९ माघ ४

किर्गिस्तानीले विदेशी मुद्रा झिक्‍न नपाउने, विदेशीलाई पनि बैंकबाट जथाभावी पैसा झिक्‍न कडाइ      
किर्गिस्तानीले विदेशी मुद्रा झिक्‍न नपाउने, विदेशीलाई पनि बैंकबाट जथाभावी पैसा झिक्‍न कडाइ      

बिस्केक। किर्गिस्तान सरकारले जनतालाई बैंकबाट विदेशी मुद्रा झिक्‍न रोक लगाएको छ। मन्त्रिपरिषद्ले यससम्बन्धमा अर्को निर्णय नगरेसम्म बैंकबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले सूचना जारी गरेको हो।

Tata
GBIME
Nepal Life

किर्गिस्तानी मन्त्रिपरिषद् अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न यस्तो गर्नु परेको उल्लेख छ। आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको रक्षाका खातिर अमेरिकी डलर निकाल्ने सीमा लागू गरिएको सूचनामा जनाइएको छ।

नयाँ व्यवस्थाअनुसार गैरआवासीय र विदेशी नागरिकलाई पाँच हजार अमेरिकी डलरभन्दा बढी नगद निकाल्न निषेध गरिएको छ। किर्गिस्तानका बासिन्दा र नागरिकका लागि १० हजार डलर झिक्‍न पाउने व्यवस्था गरिएको र त्यो सीमा बढेमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालय, भन्सार सेवालगायत सम्बद्ध सबै निकायलाई अमेरिकी डलर नगदमा निकाल्नबाट रोक्न आवश्यक कदम चाल्न निर्देशन पनि दिएको छ। रासस/सिन्ह्‍वा