BIZMANDU
www.bizmandu.com

अटो एक्स्पोमा बिवाइडीको ब्लेड ब्याट्रीको सुरक्षाको परीक्षण, ‘आगलागीको जोखिम छैन’

२०७९ माघ ४

अटो एक्स्पोमा बिवाइडीको ब्लेड ब्याट्रीको सुरक्षाको परीक्षण, ‘आगलागीको जोखिम छैन’
अटो एक्स्पोमा बिवाइडीको ब्लेड ब्याट्रीको सुरक्षाको परीक्षण, ‘आगलागीको जोखिम छैन’

काठमाडौं। चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले आफ्नो ब्लेड ब्याट्री सुरक्षाको दृष्टिकोणले सुरक्षित देखिएको जनाएको छ।

Tata
GBIME
Nepal Life

बिवाइडी गाडीको भारतीय बिक्रेता बिवाइडी इन्डियाले हालै सम्पन्न अटो एक्स्पो २०२३ मा पुगेका संचारकर्मीहरुको टोलीलाई हाल प्रयोगमा रहेका दुई ब्याट्रीका बारेमा जानकारी दिँदै सुरक्षित रहेको बताएको हो।

यस क्रममा कम्पनीले ब्लेड ब्याट्री र एनसीएम ब्याट्रीलाई एकै साथ नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) गरेर देखाएको थियो।

नेल पेनेट्रेसन टेष्टमा एनसीएम ब्याट्री ठूलो आवाजमा ब्लास्ट भएर धुवाँ निस्केको थियो भने बिवाइडीको ब्लेड ब्याट्रीमा त्यस्तो केही क्षति भएन। नेल पेनेट्रेसन टेस्ट गर्ने क्रममा बिवाइडीको ब्याट्रीमा न आवाज आयो न त धुवाँ नै निस्कियो।

धुवाँ निस्केको एनसीएम ब्याट्री

बिवाइडीको ब्लेड टेक्नोलोजीको विषयमा जानकारी दिन संचारकर्मीकै सामु यो परीक्षण गरिएको थियो।

‘हामीले ब्लेड ब्याट्री सुरक्षाको हिसाबले राम्रो छ भन्ने गरेकोमा यो परीक्षणले यसलाई प्रमाणित गरेको छ।’- कम्पनीले हालसम्म यो ब्याट्रीबाट चल्ने विद्युतीय गाडीमा आगलागि समेत नभएको जानकारी दिएको छ।

विश्वभर ब्लेड ब्याट्री सुरक्षाको विषयमा राम्रो भएकाले टेस्लाले समेत यो ब्याट्री प्रयोग गर्दै आएको छ। यस्तै सुजुकीको नयाँ विद्युतीय गाडी ईभिएक्समा पनि यो ब्याट्री प्रयोग गर्ने तयारी गरेको छ।  

ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सिटी प्राप्त हुने कम्पनीले जनाएको छ। यो ब्लेड जस्तो पातलो साइजमा निर्माण गरिएको छ।

कम्पनीका अनुसार ब्लेड ब्याट्री सिंगल प्याकले १२ लाख किलोमिटरसम्म गाडी चलाउन सकिनेछ।